हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

सुधारगृहमा राखिएका किशोरको मृत्युपछि भक्तपुर तनावग्रस्त

काठमाडाैँ । भक्तपुरको बाल सुधारगृहमा राखिएका उमेर नपुगेका एक किशोरको मृत्यु भएको छ ।

रामेछापको मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आज बिहान मृत्यु भएपछि परिवारका सदस्यले रहस्यमय मृत्यु भन्दै प्रदर्शन गरेका छन् ।

बस्नेतलाई बलात्कार आरोपमा तीन वर्षदेखि सुधारगृहमा राखिएको थियो । आज बिहान उपचारार्थ भक्तपुरस्थित नागरिक अस्पताल लगिएको उनलाई चिकित्सकहरुले लगत्तै मृत घोषणा गरेका थिए ।   परिवारका सदस्यहरुले लापरवाहीका कारण कमलको मृत्यु भएको सुधार गृहमाथि आरोप लगाएका छन् । उनको शरीरमा नीलडाम भएको परिवारका सदस्यको आरोप छ । सुधार गृहले बिहान बिरामी अवस्थामा उनलाई अस्पताल लगिएको दाबी गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ५६ बजे