माथिल्लो मनाङमा हिमपात

अध्यक्ष ओलीको युट्युब च्यानलमा  १३ हजार १ सय सब्सक्राइब 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न  आग्रह गर्नुभएको छ  । आफ्नो जीवनका सङ्घर्षहरूका अनुभवहरू साट्न युट्युब च्यानल सुरु गरेको बताउँदै उहाँले आफ्नो  ‘केपी बा’ नामक युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गर्नुभएको हो ।

​​​​​​​

उहाँले फेसबुकमा लेख्नुभएको छ , ‘म दुर्गम गाउँको मध्यम वर्गीय परिवारमा जन्मिएको मान्छे । हाम्रोतिर मान्छेले सपना नै देख्दैन थिए । हाम्रा सपनाहरूलाई त्यहाँको दुर्गमताले छेकिदिन्थ्यो । तर, मैले त्यस्तै परिस्थितिमा बाँचिरहन चाहिनँ । जीवनमा कहिल्यै कसैले नहिँडेका बाटोहरू हिँड्ने आँट गरें । त्यो समयदेखि आजसम्म मैले गरेका सङ्घर्षहरू धेरै छन् । तिनै सङ्घर्षहरूका अनुभवहरू तपाईंसँग साट्न मैले युट्युब च्यानल सुरु गरेको छु ।’

उहाँले तपाईंले च्यानल सब्सक्राइब गर्नुभयो ? भन्दै प्रश्न गर्नुभएाके छ । ओलीले यसअघि पनि आफ्नो च्यानल सब्सक्राइब गर्न अनुरोध  गर्नुभएको थियो । अध्यक्ष ओलीको ४० भिडिओ राखेको  युट्युब च्यानल  ‘केपी बा’मा हालसम्म १३ हजार १ सय सब्सक्राइब भइसकेको छ । 

https://youtube.com/shorts/I_6wfEbHXBc?feature=share

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १ : ५४ बजे