हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

‘गरिब होइन गरिबी हटाऊ’ भन्दै बालेनविरुद्ध प्रदर्शन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेन विरुद्ध बृहत नागरिक आन्दोलन र स्वतन्त्र युवाहरुको समुहले प्रदर्शन गरेको छ ।

फुटपाथ व्यवसायीलाई बलपूर्वक हटाउने काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध उनीहरु सडकमा उत्रिएका हुन् । 

राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संगठनका अध्यक्ष लिला बहादुर दाहालको नेतृत्वमा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि आज मध्याह्नमा भएको विरोधमा महानगर र बालेनविरुद्ध नाराबाजी समेत गरेका थिए । 

‘गरि खान देउ, ‘महानगर प्रहरी दमन बन्द गर,‘गरिब होइन गरिबी हटाऊ, ‘मानवता समानुभूती र जवाफदेहीता नभएको नेतृत्वमा कसरी फरक पर्यो, ‘हाम्रो चिनारी क्रुरता कि करुणा’,जस्ता नारा लगाएका थिए । 
 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १ : ३७ बजे