काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।
सभामुख घिमिरेले सिंहदरबारस्थित उहाँको कार्यकक्षमा आज बिहान ११ः०० बजे सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएको हो ।
बैठकमा सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने जनाइएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । एमालेको अवरोधका कारण संसद्का दुवै सदनको बैठक चल्न सकेको छैन ।
प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार ९ : ४८ बजे
प्रतिक्रिया