माथिल्लो मनाङमा हिमपात

कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । 

नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी, बागमती र गण्डकी  प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोसी र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, बागमती र गण्डकी  प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नदीको जल सतह बढ्ने, गेग्र्यान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० भदौ ०३ गते (आइतबार)
दिउँसो
: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी , बागमती र गण्डकी  प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० भदौ ०४ गते (सोमबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० भदौ ०५ गते (मङ्गलवार)
दिउँसो
: देशभर सामान्यतया बदली रहनेछ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहनुका साथै कोसी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्यतया बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, मधेस, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : ५४ बजे