माथिल्लो मनाङमा हिमपात

अदालतको आदेशप्रति एकीकृत समाजवादीको टिप्पणी- पूर्व प्रधानमन्त्रीमाथि नै छानविन गर्नू भनेको होइन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरेको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (आइतबार)देखि सुरू हुने पोलिटव्युरो र भदौ ५ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय भएको बताए।

शनिबार बसेको सचिवालय बैठकले दुबै बैठकका लागि एजेण्डा तय गरेको उनले बताए। उनले बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यनीतिका विषयमा छलफल गर्ने एजेण्डा तय भएको बताए।

उनले भोलिदेखि दुई दिन पोलिटव्युरो र भदौ ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने बताए। 'आजको बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डाका विषय टुंगो लगाएको छ। केन्द्रीय कमिटीमा प्रस्तुत गरिने एजेण्डाहरू पोलिटव्युरो बैठकमा पनि छलफल हुन्छ,' उनले भने।

बैठकमा ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशका विषयमा पनि छलफल भएको बताइएको छ। प्रवक्ता खतिवडाले अध्यक्ष नेपालको बचाउ गर्दै सर्वोच्च अदालतले नाम तोकेर कुनै आदेश नदिएको बताए।

'छानविन आवश्यक परे कसैलाई नछोड्नु भनेको हो। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि नै छानविन गर्नू भन्ने आदेश दिएको होइन,' उनले भने।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : १९ बजे