‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ? पोषणविद् विनिता पन्तकाे सुझाब

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसँग लड्न सक्छन् । तर, अहिलेपनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकिरहेका छैनन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ । यसै सन्दर्भमा केन्द्रित रहेर अल्का हस्पिटलमा कार्यरत पोषणविद् (डाइटेसियन) विनिता पन्तसँग गरिएकाे  कुराकानी :  

प्रश्नः हाम्रो शरीरका लागि पोषण किन चाहिन्छ ? 
उत्तरः हाम्रो शरीरका लागि पोषण एकदमै आवश्यक छ । पौष्टिक तत्वको प्रयोग हुने प्रकृया भनेकै पोषण हो । शरीरमा बन्ने विभिन्न कम्पाउण्डहरु हेमोग्लोविन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ । हाम्रो शरीरमा पौष्टिक तत्वको उपयोग हुनुपर्ने हुन्छ । यदी शरीरमा पौष्टिक तत्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गछां । शरीरलाई शक्ति प्रदान गर्न पोषणको भुमिका हुन्छ । शरीरका विभिन्न अगंलाई सरचारु गर्न पनि पोषण चाहिन्छ । पोषण भन्ने बित्तिकै सन्तुलीत खानाको राम्रो प्रवन्ध गरेको भनेर बुझिन्छ ।  

प्रश्नः शरीरका लागि कस्तो पौष्टिक आहारको आवश्यकता पर्छ ?
उत्तरः हामीले सन्तुलित खानेकुरा खानुपर्छ । सन्तुलित आहार भन्ने बित्तिकै पाँच वटा खाद्य समूह भनेर बुझ्नुपर्छ । हामीले खाने अन्न समूह, दाल गेडागुडी समूह, फलफूल र तरकारी समूह, माछा मासु, दुध र अण्डा समूह र चिल्लो–गुलियो समूह । यी सबै खानेकुरा ठिक्क मात्रामा र शरीरको लागि आवश्यकता अनुसार ९उचाई, तौल, उमेर, शारीरिक क्रियाकलाप० मिलाएर खायौँ भने शरीरमा प्रयोग हुने भयो  । यी खानेकुराले न शरीरलाई दुब्लो हुन दिन्छ न त मोटो हुन दिन्छ । सन्तुलित खानेकुराको प्रवन्ध मिलाउनुलाई नै पोषण भन्छौं । 

प्रश्नः शरीरमा पोषण कमी भएर कस्ता खालका बिरामीहरु आउने गर्दछन्  ? 
उत्तरः नेपालको सन्दर्भमा स्वस्थ मान्छे अस्पतालमा आएर खानेकुराको परामर्श लिएको देखिँदैन । हामीकहाँ कस्तो अवस्थामा बिरामी आउनुहुन्छ भने बिग्रिसकेपछि, केही न केही नसर्ने रोगले छोइसकेपछि । धेरैजसो त मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, क्यान्सरको समस्या लगायत भइसकेपछि अस्पताल आउनुहुन्छ । आज भोलि अलिकति ट्रेण्ड बदलिएको छ, हामी कहाँँ मोटोपना समस्या भएकाहरु पनि आउनुहुन्छ । उहाँहरुको आवश्यकता अनुसार उहाँको रोग के हो रु उहाँले कस्तो खानेकुरा खाइरहनुभएको छ । उहाँको स्वास्थ्य चेकजाँचको रिपोर्ट के छ रु र, उहाँलाई के आवश्यकता पर्छ भनेर हामीले खानेकुराको परामर्श गर्छौं । जस्तैः काठमाडौंमा बस्नुहुन्छ वा गाउँमा गएर खेतिपाती गर्नुहुन्छ, के रोग छ रु त्यो अनुसार नै चाहिने आवश्यकता अनुसार पौष्टिक तत्व कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, विभिन्न भिटामिनहरु, खनिज पदार्थको मात्रा मिलाएर खानेकुरा दिएर पठाउँछौं ।  

प्रश्नः पोषणका कारणले कस्ताकस्ता रोगहरुले आक्रमण गर्छ ? 
उत्तरः अहिलेको अवस्था हेर्र्दा धेरै मानिसको जीवनशैली अस्तव्यस्त छ । सबै मानिसहरु व्यस्त हुनुहुन्छ ।  यो सँगसँगै मोटोपनको समस्या बढ्दो छ । मोटोपनको समस्याले गर्दा ल्याउने रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलाको समस्याहरु यो चाहीँ हामी सँगसँगै आइरहेको हुन्छ । त्यसले गर्दापनि यो जोखिम बढीरहेको देखिन्छ । सामान्यतया न्युन पोषण भएर आउने एकदमै कम हुनुहुन्छ । कुपोषण भएका बालबालिकाहरु यहाँ आउने स्थिति पनि छैन होला । यहाँ त हामिकहाँ अधिक पोषण भएर आउनेहरुको संख्या धेरै छ । बच्चाबाट नै उच्च कोलेस्ट्रोल भएकाहरु आउने गरेका छन् । यस्तै, हामी कहाँ उच्च रक्तचाप, मधुमेह देखिएर आएकाहरु आउनुहुन्छ । 

प्रश्नः कस्तो खाना खानुपर्छ ?
उत्तरः बालबालिकाहरुलाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔं । जस्तोः जंकफुड, चाउचाउ, केक बाहिरको खानेकुरा सकेसम्म खान नदिऔँ । बिहानदेखि साँझको खानेकुरा घरमै बनाएको, घरमै पकाएको हुनुपर्छ । घरमा पाँच वटा खाद्य समूह खान आवश्यक छ ।  अन्न भनेर भन्दाखेरी बाहिरको चाउचाउ, ब्रेड, पप होइनकी घरमै बनाएको रोटी होला, चिउरा होला, पपकर्न होला, मकै होला बरु त्यसैलार्ई पकौडी बनाइदिनुहोस्, घरमै बनाइदिनुहोस्, स्वच्छ तेलमा बनाइदिनुहोस् । बच्चालाई खानेकुरा चिल्लो खानै दिन नहुने, तारेको खानै दिन नहुने होइन तर, घरमा बनाएको खानेकुरा बिहानदेखि साँझसम्म दैनिक रुपमा दिन सकियो भने बच्चा पक्कैपनि सुपोषित हुनसक्छ । खानेकुरा चाहीँ एकदमै धेरै खाने र अर्को कुरा बच्चाहरुको खेल्ने माहोल छैन, हाम्रो शारीरिक क्रियाकलाप नै एकदमै न्युन छ । त्यसले गर्दा घरकै खानेकुुरा खुवाए पनि ओभर इटिङ ९धेरै खाना० छ भने त्यो पनि अर्को समस्या देखिएको छ । त्यसैगरी बच्चैदेखि आमाहरुले यति धेरै खुवाउनुहुुन्छ की दिनमा चाहिने भन्दा नचाहिने पौष्टिक तत्व खुवाउनुभएको हुन्छ । इनर्जी, प्रोटिनहरु चाहिने भन्दा एकदमै धेरै खुवाउनुभएको हुन्छ ।  त्यसकारणले गर्दा सानै उमेरबाट मोटोपनको समस्या बढ्दै आएको छ । अहिले म कहाँ आइपुुग्नुहुने प्रत्येक आमाहरुलाई मैले के सोध्ने गर्छु भने बच्चा जन्मदा कति तौलको थियो रु कति खुवाउनु हुन्थ्यो रु बेष्ट फ्रेडिङ खुवाउनुभएको हो वा फर्मुला मिल्क रु घरको खानेकुरा खुवाउनुभएको हो की बजारबाट किनेको रु त्यो बाटनै शुरु गरेर मैले काउन्सिलिङ गर्ने गर्छु । मोटोपनको समस्या फर्मुला मिल्क (दुध) बढी खुवाएको बालबालिकामा देखिएको छ ।  

प्रश्नः कुपोषणका कारण ख्याउटेपना, पुड्कोपनाको समस्या देखिएको छ, रोकथामका लागि के गर्नुपर्ला ? 
उत्तरः पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुवामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्छ । त्यसका लागि मातृपोषण कार्यक्रम आवश्यक हुन्छ । त्यो सँगसँगै बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् रु कति पौष्टिक तत्व पुगेको छ रु त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि खुवाउने खानेकुरा कस्तो छ रु आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ रु त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ रु त्यसमा पनि भर पर्ने कुरा हो । सुरक्षित खानेकुराको पनि आवश्यक हुन्छ । आमामा पोषणको अभाव भयो भने कम तौलको बच्चा जन्मिने सम्भावना हुन्छ । समय नपुगि बच्चा जन्मिदा बच्चाको तौल, उचाई पुगेको हुँदैन । यसले गर्दा कुपोषण निम्त्याउँछ । कुपोषण सँगसँगै विभिन्न संक्रामक रोगहरु लाग्नसक्छ । र, यसले गर्दाखेरी बच्चालाई मृत्युको मुखसम्म पु¥याउन सक्ने सम्भावना हुन्छ । विद्यालय तहमा पोषण शिक्षाको आवश्यकता देखिन्छ । किन भने विद्यार्थीले शिक्षा पाए भने घरमा गएर अभिभावकलाई जानकारी गराउनुहुन्छ । खाद्यान्नको अभाव भएको ठाउँमा सरकारले खाद्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।  

न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १ : ५६ बजे