उपत्यकाका यी स्थानमा हुनेछ आज विद्युत् अवरुद्ध (सूचीसहित)

काठमाडौँ । आज काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा दिउँसो विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपा विद्युत् प्राधिकरणका अनुसार १० बजेदेखि दिउँसो तीन बजेसम्म विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सब स्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौँ ८ स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने जनाएको हो ।

प्राधिकरणका अनुसार बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापा चोक, स्वाइट गुम्बा, सिङ्गल ट्री इचंगुनारायण मन्दिर,  ज्ञानोदय, गाई९बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्रमा क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

 

 

 

 

 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : ४६ बजे