सुनको मूल्यमा नयाँ कीर्तिमान

कबड्डी टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै

काठमाडौँ । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज भारत जाने भएको छ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले शुकबार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गङ्गा चौधरी, इशा राई र कलावती पन्त रहेका छन् ।

प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिनुभयो । 

त्यस अवधिमा टोलीले सात म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केही दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले बताउनुभयो । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ४५ बजे