श्रीमानले गरे श्रीमतीको हत्या

बर्दिया ।आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका-१ सानोडाँफे बस्ने  ५१ वर्षीय कृपाल सुनारलाई  प्रहरीले पक्राउ गरेको छ । 

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : १४ बजे