कोशीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

​​​​​​​काठमाडाैँ । कोशीका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् ।

उनले आफूले विश्वासको मतको प्रस्ताव राख्नेसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा पेस गरेका छन् । थापाले उपसभामुख समक्ष आइतबारका लागि विश्वासको मतको प्रस्ताव बैठकको कार्यसूचीमा समावेश गर्न सूचना दिए पनि उपसभामुख सिर्जना दनुवारले भने सोमबारका लागि कार्यसूचीमा राख्न तोक लगाएकी छिन् । 

कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ९२ सदस्यीय प्रदेशसभामा थापालाई बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमले राजीनामा दिनुपरेको थियो ।

सत्ता गठबन्धनसँग कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाको एक सिट गरी बहुमत ४७ सिट छ । एक सिट पनि तलमाथि भए थापाले विश्वासको मत नपाउने अवस्था छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  २ : ३५ बजे