सुनको मूल्यमा नयाँ कीर्तिमान

इटलीको सार्वजनिक ऋण अहिलेसम्मकै धेरै

काठमाडौं । बैङ्क अफ इटलीले इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ । 

बुधवार आयोजित पत्रकार सम्मेलनमा बैङ्क अफ इटलीले देशको सार्वजनिक ऋण २.८४३ ट्रिलियन युरो ९३.०९ ट्रिलियन अमेरिकी डलर० बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो । गत महिनाको तुलनामा यो सङ्ख्या २७।८ बिलियन युरोले बढेको हो । सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो । तर यस वर्ष इटलीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ ।

ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो । गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२.३ बिलियन युरोले बढेको बैङ्कले जनाएको छ । इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४।७ प्रतिशत थियो । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  २ : १२ बजे