अवैध सुन प्रकरणमा आफ्नो परिवारको नाम जोडिएको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा खण्डन 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अवैध सुन प्रकरणमा आफ्नो परिवारको नाम जोडिएर आएको समाचारको खण्डन गर्नुभएको छ ।

नेपाल खबरमा छापिएको समाचारप्रति आपत्ति जनाउँदै उहाँले खण्डन गर्नुभएको हो । पोखरेलले आज सामाजिक सञ्जालमार्फत उक्त सुन प्रकरणमा आफ्नो परिवारको कुनै संलग्नता नरहेको प्रस्ट पारेका हुन् ।

उहाँले लेख्नुभएको छ, ’यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो । म चुनौतीका साथ भन्न चाहन्छु(मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पङ्क्तिलाई आह्वान गर्दछु ।’

उक्त समाचार झुटा रहेको भन्दै पोखरेलले कानुनी कारबाही अगाडि बढाउने बताउनुभएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ५३ बजे