काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान उहाँले छलफल गर्न लाग्नुभएको हो ।
प्रमुख प्रतिपक्षीले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरी सदन अवरोध गर्दै आइरहेको छ ।
सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसक्नुभएको छ ।
प्रतिनिधिसभाको अबको बैठक भदौ ३ गतेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ९ : ३० बजे
प्रतिक्रिया