सुनको मूल्यमा नयाँ कीर्तिमान

मदन भण्डारी स्पोर्टस् एकेडेमी इन्डियाद्वारा नयाँ दिल्लीमा भलिबल प्रतियोगिता सम्पन्न, पर्वत काल्काजी युवा क्लब प्रथम

​​​​​​​​​​​​​​इन्डिया ।  ​​​​​​​जननेता स्वर्गीय मदन भण्डारीको ७२औँ  जन्म जयन्ती र ७७औँ  भारतीय स्वतन्त्रता दिवसको अवसरमा यही  अगस्त १५-१६ मा मदन भण्डारी स्पोर्टस् एकेडेमी इन्डियाले 'अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिता-२०२३' सम्पन्न भएको छ। 

प्रतियोगितामा कुल २० टिम सहभागी भएका थिए। 

प्रतियोगितामा आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गर्दै पर्वत काल्काजी युवा क्लबले प्रथम स्थान हासिल गरेको छ भने त्यस्तै  आयोजक अर्थात् मदन भण्डारी स्पोर्टस् एकेडेमी इन्डिया 'ए' ले दोस्रो स्थान र रोहिणी युवा क्लबले तेस्रो स्थान हासिल गरेका छ। 

प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई नगद, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ।  

मदन भण्डारी स्पोर्टस् एकेडेमी इन्डिया 'ए' टिमका खेलाडी नारायण चौधरीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडी- २०२३ को  पदक हात पारे । काल्काजी पर्वत क्लबका  देबेन्द्रले बेस्ट  सटरको र रोहिणी युवा क्लबका खेलाडी बिमल भण्डारीले बेस्ट स्पाइकर बाट सम्मानित भएका  छन्।

कार्यक्रममा नेपाली राजदूतावास नयाँ दिल्लीका कल्चरल काउन्सलर यदुनाथ पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको  थियो।  

त्यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमी इन्डियाका संस्थापक  तथा अन्तर्राष्ट्रिय  इन्चार्ज गोपाल थापा, विशेष अतिथि   र  प्रवासी नेपाली सङ्घ भारत का केन्द्रीय सदस्य वीर बहादुर गजमेर , साउथ एसियन विश्वविद्यालयका प्रोफेसर युवराज पोख्रेल, आरके पुरम, नयाँ दिल्ली एरियाका एसएचओ मनोज कुमार, निगम पार्षद धरमवीर सिंह, बि पी केएफ स्थानीय सचिव केशव अधिकारी, हाम्रो स्वाभिमान ट्रस्ट हरिद्वारका मुख्य संयोजक डा.मोहन कार्की लगायतका व्यक्तिहरू विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।  

“मदन भण्डारी स्पोर्टस् एकेडेमी इन्डियामा  मदन भण्डारी फाउन्डेसन नेपालदेखि सञ्चालन भएको र इन्डियामा वैधानिकता पाएसँगै छोटो समयमा नै खेल क्षेत्रमा ऐतिहासिक कार्य गरेको छ”, प्रमुख अतिथि पौड्यालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो । 

त्यस्तै संस्थापक इन्चार्ज तथा अन्तर्राष्ट्रिय  इन्चार्ज गोपाल थापाले यो संस्था  खेल र खेलाडीको लागि मात्रै  बनेको  बताउनुभयो  । उहाँले  यो संस्था कुनै  राजनीति  पार्टीहरू बाट सञ्चालित नरहेको पनि भन्नुभयो   । यो संस्था मदन भण्डारी फाउन्डेसन  मातहत  सञ्चालित  रहेको उहाँले  जानकारी गराउनुभयो  ।   उहाँले संस्थालाई राजनीतिभन्दा फरक रूपमा माथि उठेर खेल र खेलाडीहरूको लागि काम गर्न तत्पर रहेको समेत  जानकारी गराउनुभयो  । 

प्रोफेसर  युवराज पोख्रेल र  डा.मोहन कार्कीले एकेडेमीको सहयोगमा सदैव तयार रहेको बताउनुभयो । आरके पुरम एरिया एसएचओ मोहन कुमारले आफ्नो शुभकामना मन्तव्यमा यो संस्थाले खेल र खेलाडी गुरुको लागि सह्रानीय कार्य गरेको बताउनुका साथै  आफ्नो सहयोग  निरन्तर रहने बताउनुभयो।

सेक्टर—७ आरके पुरम, नयाँ दिल्लीस्थित आयोजित प्रतियोगिता दुई दिनसम्म चकेको थियो। मदन भण्डारी  स्पोर्टस्  एकेडेमी इन्डियाका उपाध्यक्ष पदम गाहको  अध्यक्षता र कोषाध्यक्ष वीर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित एकेडेमीले छिमेकी राष्ट्र भारतमा  वैधानिकता पाएसँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ । खेल प्रति अभिरुचि भएका तर खेल्ने वातावरण बाट वञ्चित  प्रवासी खेल प्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनुका साथै सहज खेल वातावरणको सिर्जना गर्ने उद्देश्यले खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराका साथ भारतमा मदन भण्डारी स्पोर्टस् एकेडेमी इन्डियाको स्थापना  भएको  हो ।  

भारत प्रवासमा सञ्चालित विभिन्न  राजनीतिक तथा सांस्कृतिक सङ्घ संस्थालाई  हातेमालो गरेर संस्थालाई  साथ र सहयोग गर्न इन्चार्ज थापाले अनुरोध समेत गर्नुभएको छ ।  

 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : २१ बजे