सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

​​​​​​​काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नाम सिफारिस भएको छ।

सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो। 

उनीहरु २०७५ चैत १५ गते सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। यही ब्याचका १५ जना भने २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए। बिहीबार बढुवा सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै छन्।

सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन्। बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस भएको हो। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार अघि बढाउन खोजेसँगै सरूवा-बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेको सशस्त्र प्रहरी बलले जनाएको छ।

साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ।

यसपटक ओएण्डएम नभएको भए जम्मा ४ जनामात्र एसएसपीमा बढुवा हुने अवस्था थियो भने डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ६ : ५० बजे