लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौंः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताउनुभएको छ ।  

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताउनुभएको हो । उहाँले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भएपनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताउनु भयो ।  

उहाँले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताउनु भयो । मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताउनु भयो ।  

मन्त्री भुसालले भन्नुभयो, ‘अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएका छन् । त्यसमध्ये १० लाख ८२ हजार एक सय ५९ पशुहरु संक्रमणबाट मुक्त भएका छन् । ४७ हजार ६४९ पशुको मृत्यु भएको छ । एक लाख ७५ हजार ५५३ अहिलेपनि संक्रमित अवस्थामा रहेका छन् । उपचारका लागि टोली खटाउनेदेखि तथ्याङ्कहरु लिने कामहरु ग¥यौँ । यस्तै सचेतनाका लागि ब्रोसरहरु बनाएर वितरण गर्ने काम पनि ग¥यौं । लम्पी स्किनबिरुद्ध भ्याक्सिन तान्जानीया, टर्की र जोर्डनबाट आयातको काम पनि ग¥यौं । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ । ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको छ ।  लम्पी स्किन रोग लागेर पशुहरुको मृत्यु भयो । र, किसानहरुलाई ठूलो क्षति भयो । क्षति पूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाएका छौं । कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ । यो रोग बिरुद्धको खोप उत्पादनका लागि चाहिने भाइरस विदेशबाट झिकाउनुपर्छ भन्नेकुरा अगाडी बढाएका छौं ।’

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनबिरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताउनु भयो । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ५ : ५० बजे