हनुमान ढोकाको दसैँघरमा फूलपाती

पनौतीमा १४ बर्षीय बालक घरको झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलान्चोक।  काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ४ टौखालमा १४ बर्षीय बालकले आफ्नै घरको झ्यालमा झुण्डिएर आत्महत्या गरेका छन् ।

 

आज दिउँसो साँढे दुई बजेतिर बालक आफ्नै घरको झ्यालको ग्रिलमा सलको पासो लगाएर झुण्डिएको खबर प्रहरीले पाएको थियो । 

 

खबर पाउनासाथ प्रहरी घटनास्थलमा गएर घटनाको थप अनुसन्धान गरिएको बताइएकोछ ।

 

यस्तै, दुई दिनअघि काभ्रेपलान्चोक जिल्लको बेथानचोक गाउँपालिका वडा नम्बर ३ महाङकालमा १५ बर्षीय बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

 

काभ्रेपलान्चोक जिल्लामा केही समय यता आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ५ : २८ बजे