‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देशभरी डेंगीबाट १४ हजार २ सय संक्रमित, सुनसरी जिल्ला सबैभन्दा बढि प्रभावित

काठमाडौं । देशभरी अहिलेसम्म डेंगीबाट १४ हजार २ सय जना संक्रमित भएका छन् ।  

कोशी प्रदेशको सुनसरी जिल्लामा मात्रै ९ हजार संक्रमित रहको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिनुभयो । 
डा.मरासिनीले डेंगी संक्रमण वर्षायामसँगै सुरु भएर दशैँ तिहारसम्म रहनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्नुभयो ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.मरासिनीले विभिन्न रोगबाट पीडित १० जनाको डेंगी संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो ।   

डेंगीबाट सबैभन्दा बढी संक्रमित सुनसरी, धादिङ र मोरङ जिल्ला रहेका छन् भने अहिलेसम्म डोल्पा र मुगु जिल्लामा संक्रमण शुन्य रहेको छ । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : ३८ बजे