साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बुहारी कुट्ने ससुरा पक्राउ

बाँके । प्रहरीले  बुहारी कुटपिट गर्ने ससुरालाई पक्राउ गरेको छ  ।  

इलाका प्रहरी कार्यालय, बासगढीले बर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई पक्राउ गरेको हो । 

चौधरीले मदिरा पिएर आफ्नी  २६ वर्षीया बुहारी प्रमिला माथि हात पात गरेका थिए । उनले प्रमिलालाई घरबाट घिसार्दै सार्वजनिक स्थलमा लगेर लात्तीले हिर्काउँदै बेहोस हुने गरी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएको थियो ।   ससुराले बुहारी कुटेको भिडियो सामाजिक संजालमा बाहिरीएपछि कार्बाहीका लागि चौतर्फी दबाब बढेको थियो ।

मदिरा पिएर बुहारीमाथि कुटपिट गरेका चौधरीले यसअघि पनि आफूलाई कुटपिट गर्दै आएको पीडित प्रमिलाले बताइन् । 

मोबाइलमा फिल्म हेरिरहेको समय ससुराले एकाएक कुटपिट गर्दै कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गरेको प्रमिलाले बताइन।

प्रहरीका अनुसार चौधरीले बुहारीलाई मात्र नभएर गाउँलेलाई समेत हातपात गर्दै आएको पाएको छ ।

चौधरीलाई हदैसम्म लाग्ने मुद्दामा कारबाही चलाउने प्रहरी निरीक्षक सुधिर खड्काले बताउनुभयो ।

पीडित प्रमीलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्दै आइरहेका छन् ।

प्रहरीले चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  २ : ५१ बजे