‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आफ्नै लिङ्ग काटेर अस्पताल पुगे युवक,हेटौँडा अस्पतालमा उपचार नभएपछि चितवन लगियाे

हेटौँडा । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ वर्षाका  नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् ।

मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् । 

हेटौँडाअस्पतालले थप उपचारकोलागि हुमागाईँलाई राति १२ बजे चितवन रिफर गरिदिएको छ ।

हाल उनको अवस्था  मध्यम रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  २ : ०१ बजे