एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बहिस्कार गरेको छ । समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बिहीबार १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गर्नुभएकाे थियाे ।

समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहनुभएकाे  छ  समिति सदस्य गोकुल बाँस्कोटाले  समिति सभापति नआएसम्म लेखा समितिमा उपस्थित नहुने यसअघि नै घोषणा गरेकाे बताउनुभयाे ।  सभापति चयनका लागि दबाब दिन र समिति बैठक प्रक्रियामा सञ्चालन गर्नका लागि दबाब दिन बैठकमा नआएकाे उहाँले जानकारी दिनुभयाे। 

बाँस्कोटाले  समितिका ज्येष्ठ सदस्य केसीले बैठक बोलाउन नहुनेबताउनुभयाे । एमालेलाई समिति सभापति नदिने भए घोषणा गरेर भए पनि चयन गरे हुने तर सभापति चयन गरेर मात्रै संसदीय समितिहरू अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

 ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १ : ५५ बजे