पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि एमालेको पाँच बुँदे आचारसंहिता

​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा आसन ग्रहण र फूल माला संस्कृतिलाई निरुत्साहित गर्दै जाने बताउनुभएको भोलीपल्ट उपमहासचिव विष्णु रिमालले यस सम्बन्धमा पाँच बुँदे आचारसंहिता सार्वजनिक गर्नुभएको छ । 

उपमहासचिव रिमालले आफ्नो फेसबुक पेजमा पार्टी सचिवालयको निर्णय भन्दै कार्यक्रममा भएका भद्दा आसन ग्रहण र अनुहारै छोप्ने गरीका फूल माला खादालाई निरुत्साहित गर्न पार्टीको साउन ३० गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्नुभएको हो । 

उपमहासचिव रिमालका अनुसार एमालेका कार्यक्रमहरूका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने लगायतका निर्णय गरेको छ । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ११ : ४४ बजे