सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामामै ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज   तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ११ : १५ बजे