एमालेले अब सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने

​​​​​​​काठमाडौँ । नेकपा एमालेले अब सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत साउन ३० गतेको पार्टी सचिवालय बैठकले अब सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने निर्णय गरेको बताउनुभयो । 

''फेसबुक ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरै जना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसन ग्रहण गराएर समय वरवाद गर्नुभएन भन्ने सुझाव दिने गर्नुभएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ ।'', उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । 

यसैगरी उहाँले अब अनुहारै छोपिने गरी खादा–माला र कोटभन्दा ठुला व्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने बताउनुभयो।  उहाँले कार्यक्रमहरूमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरू हटाएर समयलाई काममा लगाउने विषयमा सुझावहरू दिन आग्रह समेत गर्नुभयो । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ५६ बजे