देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अब वर्षा कम हुँदै जाने जानकारी दिएको छ। गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको तथा शनिबार र आइतबारको तुलनामा अबको एक-दुई दिन वर्षा कम हुने महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछाने भन्छन्, “मनसुन अबको दुई(तीन दिन सक्रिय हुने देखिंदैन। यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर निरन्तर र भारी वर्षाको सम्भावना छैन। शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ,” उनले भने।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ। अबका केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको मौसमविद् लामिछानेले बताए।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : २१ बजे