हनुमान ढोकाको दसैँघरमा फूलपाती

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरू

काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि अब सामाजिक सुरक्षा कोषमा समेटिने भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने औपचारिक शुभारम्भ गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीले ल्यापटपको स्विच थिचेर औपचारिक घोषणा गर्नुभएकाे हाे ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका कारण आज औपचारिक घोषणा गरिएको हो।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १ : ४७ बजे