‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक, आवेदन फारम बुझाउन आग्रह

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन फारम बुझाउन पनि आग्रह गरेको हो । 

२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । 

यस्तै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले सूचनामा भनेको छ ।  

परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ४५ बजे