सुनको मूल्यमा नयाँ कीर्तिमान

महिला विश्वकप फुटबल सेमिफाइनल: आज अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा आज आयोजक अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल नेपाली समयअनुसार आज दिउँसो पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुँदै छ ।

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएका थिए ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई हराउँदै स्पेन पहिलो पटक उपाधि नजिक पुगेको छ ।

३२ राष्ट्र सहभागी महिला विश्वकप गत जुलाई २० देखि सुरु भएको हो ।

 

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : २९ बजे