अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अवैध रकमसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो,  मङ्गलवार विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, आज बुझाइने छ ।”

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ४९ बजे