‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले बोर्डको बैठक बसिरहेको र नतिजालाई वेबसाइटमा राख्ने काम भइरहेको छ ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट www.neb.gov.np/results र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : १८ बजे