हनुमान ढोकाको दसैँघरमा फूलपाती

एयर इन्डियाको जहाजलाई ट्याक्टरले तानेर पार्किङस्थलमा ल्याइयो

काठमाडौं । एयर इन्डियाको जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो ।

जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको झाले बताए । समस्या आएकाे एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ५५ बजे