तस्करीको सुन आज गालिँदै,हिजाे ६० किलो भयाे अब कति घट्ला ?

काठमाडौं ।   सिनामंगलबाट बरामद तस्करीको सुन मंगलबार नेपाल राष्ट्र बैंकले गाल्ने भएको छ। 

स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको सुन सोमबार राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्ने काम गरेको थियो। महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको छ। 

पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो। सोमबार निकालिएको सुन मंगलबार बिहान साढे १० बजे गाल्न शुरु गर्ने महाशाखा प्रमुख आचार्यले जानकारी दिए।

त्रिभुवन भन्सार कार्यालयबाट उम्किएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो। 

क्विन्टल बढी अनुमान गरिएको सुन सोमबार निकाल्दा ६० किलो ७८९ ग्राम भए पछि सामाजिक सञ्जालमा सुन गायब त पारिएन भन्ने आशयका पोष्टहरु भाइरल भएको थियो । निकालिएको सुन गाल्दा परिणाम  अझ घट्ने निश्चित जस्तै छ । वास्तविक सुद्द सुन गालिसक्दा  कति निक्लने हो यत्तिखेर सबैको चासोकाे बिषय बनिरहेको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ४४ बजे