शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा पक्राउ परेका डा. रञ्जिनकुमार यादव रिहा

काठमाडौं । शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादव रिहा भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डा यादवलाई गत साउन २६ गते पक्राउ गरेको थियो । तर, उनको प्रमाणपत्र कीर्ते नपाइएपछि उनलाई रिहा गरिएको हो ।

नाम जुधेपछि अर्के रञ्जिनको ठाउँमा उनी पक्राउ परेको पाइएपछि रिहा गरिएको सीआईबीले बताएको छ । नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंले च नं १२३/२०८०/०८१ (प्र) मिति २०८० साउन २८ गते पत्र पठाउँदै उनी नक्कली डाक्टर नभएको पुष्टि गरेको हो।

नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : २५ बजे