बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै आज तेजाबी सुन तोलामा एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : २३ बजे