सप्तकोसीमा ३४ वर्षपछिको उच्च बाढी, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सुनसरीस्थित सप्तकोसी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।

पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोसी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको हो । 

सप्तकोसी नदीस्थित कोसी नदीमा बिहान ४ः०० बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ ।

सप्तकोसीमा बिहान ६ः०० बजे गरिएको मापन अनुसार ४ लाख ५२ हजार क्युसेक बहाव प्रतिसेकेन्ड भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको  छ ।

कोसीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रतिसकेण्ड बगेको रेकर्ड छ । कोसी ब्यारेजमा पानीको मात्रा बढेपछि ब्यारेज हुँदै आवतजावत बन्द गरिएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : २१ बजे