विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै माइतीघरमा स्वास्थ्यकर्मीहरूको प्रदर्शन

काठमाडौं । चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले विश्वविद्यालय, प्रतिष्ठान, सीटिईभीटि लगाएको स्वायतत्तामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरोन्नती गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पढाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सिटिइभिटी मातहतका नर्सिङ कलेजहरू बन्द हुन पुगेको उल्लेख गरे ।

आयोगले समयमा नै समाधानको उपाय ननिकाले स्वास्थ्यकर्मीहरूको अभाव हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : २७ बजे