संसद्को गतिरोध र समसामयिक राजनीतिका विषयमा एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार संसद्को गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरू सार्वजनिक गर्ने कार्यक्रम छ । 

दिउसो १ः०० बजे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मीहरूलाई एमालेले पार्टी केन्द्रीय कार्यालयमा आमन्त्रण गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ३२ बजे