एकीकृत समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा

​​​​​​​काठमाडौँ । नेकपा  (एकीकृत समाजवादी) का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर पूर्ववत् पार्टी नेकपा (एमाले) मा फर्कनुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा स्वागत गर्नुभएको हो । 

तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ । सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी हुनुहुन्थ्यो ।

एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ४८ बजे