जिउँदो श्रीमानलाई मृत साबित गराई सम्पत्ति विक्री गरेर श्रीमती फरार

पर्सा –  वैदेशिक रोजागारीमा भएका श्रीमानलाई मृत सावित गराई श्रीमतिले सम्पत्ती विक्री गरेर फरार भएकी छिन ।

वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी भोला पासीलाई उनकै श्रीमति देवी पासिले मृत सावित गरी उनको नाममा रहेको ५ कित्ता जग्गा विक्री गरी फरार भएकी हुन् । झुठा प्रमाणका आधारमा करोडौं मूल्य पर्ने जग्गा विक्री गरी देवी पासि फरार भएकी छिन ।

भोला पासी परिवारको भरणपोषणका लागि विगत दश वर्षदेखी भारतको कोलकत्तामा रहँदै आएका थिए । आफ्नै पति भोलालाई मृत सावित गरी जग्गा विक्री गरेर बच्चासमेत लिएर  देवी पासि अन्य युवकसँग भागेकी छिन ।

४६ वर्षीय सिता देवीले आफ्नो पुरुष मित्रको सहयोगमा २०७५ भदौं ५ गते आफ्नो पतिको घरमै मृत्यु भएको झुठा प्रमाण बनाई २०७८ बैशाख १५ गते मृत्यु दर्ता प्रमाणपत्र हासिल गरेपछि श्रीमानको नाममा रहेको जग्गा विक्री गरी फरार भईन ।

एक छोरा र एक छोरीकी आमा सिता देवी फरार भएपछि ७० वर्षीय वृद्ध आमाको हेरचार गर्ने समेत कोही नभएकाले भोला वीरगन्ज फर्किएका छन्  ।

कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भाग्ने सिता देवी र सो कार्यमा सघाउने सबैलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई परिवारका सदस्यहरुले आग्रह गरेका छन् ।

कागजमा मृत घोषित गरिएका भोला आफूलाई पुनःजिवित बनाइ दिन विभिन्न सरकारी कार्यालय धाइरहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : १९ बजे