मायादेवी मन्दिर जीर्णोद्धारमा ल्हारक्यालले ७ करोड दिने, सरकार र दाताको पैसा नलिने

काठमाडौं । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धार तथा विस्तारका लागि लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने भएका छन् ।

विकास कोषको शुक्रबर बसेको बैठकमा बौद्ध धर्म दर्शनका प्रवर्तकसमेत रहेका डा. लामाले नेपाल सरकारको आर्थिक सहयोगविना र दाताहरुको समेत सहयोग नलिई मायादेवी मन्दिर जीर्णोद्धारको प्रस्ताव राखेका थिए ।

उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने र त्यसमा उपाध्यक्षबाट ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको हो ।

सरकारले लुम्बिनी विकास कोषमा  डा. ल्हारक्याललाई  नियक्त गरेको विषयमा तिव्र बिरोध भइरहेका बेला उता ल्यारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारका लागि ७ करोड दिने प्रस्ताव गरेका हुन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : २१ बजे