देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित पक्राउ

पर्सा – वीरगञ्ज महानगरपालिका-६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको हो ।

उनी उपर ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : २५ बजे