एनपीएलको ट्रफी सार्वजनिक

नयाँ वर्षमा मेरो कित्ता कार्यक्रम सुभारम्भ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शमार्च ओलीले नयाँ बर्षमा सरकारले नयाँ नयाँ कामहरुको थालनी गर्ने बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले आफ्नो जग्गा जमिन आफु बसेकै ठाउँबाट हेर्न सक्ने गरि डिजिटल प्रविधि शुभारम्भ सरकारले गरेको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ बर्षमा हामी नयाँ नयाँ कामहरु थालनी गर्दैछौ । मेरो कित्ता भन्ने कार्यक्रम । जो किसानहरुका लागि आफ्नै धनीपुर्जा, आफनो कित्ता, आफु बसेकै ठाउँबाट एपबाट हेर्न सक्ने गरि मेरो कित्ता कार्यक्रम सुभारम्भ हुदैछ । ”

विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नयाँ बर्षमा प्रवेश गरेको भन्दै उहाँले सुरु गरेका कार्यक्रमलाई पुरा गर्ने, अपुर्णतालाई पुरा गर्ने र नयाँ कार्यक्रमहरु सुरु गर्ने बताउनुभयो ।

उहाँले यसैबर्ष भित्र हुम्लाको सिमिकोटलाई सडक सञ्जालसंग जोड्ने, सिलन्यास भएका ३ सय ९७ वटा अस्पतालको निर्माण कार्य अघि बढाउनुको साथै अस्पताल, विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षालयको व्यापक रुपमा निर्माण गरि अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले नेपालीहरुको आत्मविश्वास र मनोबल बढेको बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ४१ बजे