साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन, लकडाउन हुन्छ भन्ने हल्लाको पछि नलाग्नुसः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८को पहिलो दिन आज राष्टका नाममा सम्बोधन गर्नुहुँदै उहाँले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभएको हो । उहाँले मानवस्वास्थ्य र मावन जीवननै सबैभन्दा महत्वपुर्ण भएको उल्लेख गर्दे स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफुलाई सुरक्षित राख्न आग्रह गर्नुभयो । महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोश्रो चेश्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दे उहाँले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “ सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन । कतिपयले आजै लकडाउन हुन्छ । भरे नै लकडाउन हुन्छ । भोलि नै लकडाउन हुन्छ । भन्ने हल्ला चलाएका थिए । तर सरकार सकेसम्म लकडाउनमा जान चाहदैन । तर हामीले हेक्का राख्नुपर्छ , युरोपका कतिपय विकसित भनिएका देशहरु, जब महामारी ह्वात्तै फैलियो, त्यस्तो अवस्थामा लकडाउनमा गएका पनि छन् ।

दोश्रोचरणमा र तेश्रो चरणमा फैलिएको लहरबाट बच्नका लागि लकडाउनको सहारा लिनुपर्ने अवस्था छ । हामी चाहन्छौ हाम्रो सर्तकताको विधिबाट परिस्थितिलाई विग्रन नदिऔ भन्ने आग्रह गर्दछौ । अस्ति मैले बोल्दा लकडाउन गर्ने धम्की दियो भन्ने पनि केहीले भने । म धम्की दिने हैसियत पनि राख्दिनँ । धम्कि दिनुलाई उचित पनि ठान्दिनँ । त्यस्तो अवस्था नआओस् भनेर ध्यान दिनुपर्छ । परिस्थिति बिग्रियो भने त्यहाँ पनि पुग्नुपर्ने हुनसक्छ भनेको हो । त्यसैले हामी सर्तक भएर अघि बढ्नुपर्छ ।”

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ३१ बजे