साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

घुस लिएको अभियोगमा मालपोत अधिकृत जोशीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार जग्गा नामसारी तथा अंशबण्डा गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले जोशी रु २४ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । 

आयोगले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : २७ बजे