साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

आजबाट २०७८ साल सुरु, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्‌को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्‌मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता(असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

नयाँ बर्षमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा आज सम्बोधन गदैंहुनुहुन्छ । नयाँ वर्ष २०७८ सालको अवसरमा बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको उहाँको सचिवालयले जनाएको छ । सम्बोधनमा प्रधानमन्त्रीले  नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह् गर्नुहुनेछ । यसैगरी सरकारले  गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुहुनेछ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ४७ बजे