साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएपछि उपप्रधानमन्त्रीको सम्बोधन स्थगित्

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज देशवासीका नाममा गर्ने भनिएको सम्बोधन स्थिगित भएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकमा कोरोनाको दोस्रो लहरबारे आवश्यक सचेतना अपनाउन अपिल गर्नको लागि उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रीहरुले सम्बोधन गर्ने भनिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ८ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि  आज उपप्रधानमन्त्री पोखरेलले गर्ने सम्बोधन स्थगित भएको हो । कोरोनाको दोस्रो लहर आएसँगै सरकारले विशेष सावधानी अपनाउनको लागि देशवासीलाई आज अपिल गर्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओलीले भोलि विहान देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : २७ बजे