साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा  जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने बताउनुभएको छ ।  

मनत्री त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम बढेपनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास गरिरहेको बताउनुभयो । 

उहाँका अनुसार अहिले सरकारसँग एक वर्षको अनुभव, तयारी र पूर्वाधार रहेकाले त्यसलाई प्रभावकारी बनाइ बन्दाबन्दी हुन नदिने प्रयत्न भइरहेको छ । 
जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने आंकलन रहेको बताउँदै मन्त्री त्रिपाठीले त्यतिखेर दैनिक संक्रमित हुनेको संख्या ११ हजार पुग्न सक्ने आंकलन छ । त्यतिखेर सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । मनत्री त्रिपाठीले सरकार त्यो अवस्था आउन नदिने भन्नेमा सचेत छ । 

उहाँले मन्त्रालयले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव गरेको बताउनुभयो  । उहाँले भाइरसको नयाँ भेरिएन्टहरु देखिएको र युवा तथा कम उमेर समूहकामा देखिएकोले बढी जोखिम देखिएको बताउनुभयो  ।

मन्त्री त्रिपाठीले १८ वर्षभन्दा माथिकालाई अहिलेसम्म खोप नहुँदा डरलाग्दो अवस्था रहेकाले भयावह अवस्था नदिन पूर्वतयारीमा ध्यान दिइरहेको बताउनुभयो ।

उहाँका अनुसार अहिले विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न भनिएको भन्दै स्वास्थ्यमन्त्री त्रिपाठीले सबै प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने नै रहेको बताउनुभयो । 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : १० बजे