काठमाडौँ । सरकारले पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई दोस्रो डोज खोप लगाउने तयारी गरेको छ । आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई दोस्रो मात्रा लगाउन लगागिएको हो ।
सरकारले भारतमा उत्पादित कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।
दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने सरकारको तयारी छ ।
प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार २ : ०६ बजे
प्रतिक्रिया