साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

निलम्बित नेता भीम रावलमाथि मुद्दा दर्ताको तयारी : पार्टीको ३० लाख व्यक्तिको खातामा भेटियो 

धनगढी । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको विषयमा नेकपाका निलम्बित नेता भिवरावलमाथि मुद्दा दर्ता हुने भएको छ । पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाउने नेता भीम रावल र सो काममा संलग्न रहेका नेताहरू  नेपवहादुर चौधरी, दिनेश चन्द्र सुबेदी र केशव रावल विरुद्ध मुद्दा दायरको तयारी छ ।

प्रतिनिधिसभा भङ्ग गरिएको बेला नेकपाको विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैङ्कबाट ३० लाख रकम झिकिएको थियो ।   कृषि विकास बैङ्क धनगढी शाखाका अनुसार उक्त रकम प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा पुराइएको  छ । 

बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको देखिन्छ ,कृषि विकास बैंक स्रोतले भन्यो । 

साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्थामा टेकर चौधरी र सुवेदीले मिलेर सो रकम निकालेका थिए । नेकपामा विवाद बढेपछि तत्कालिन  प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुबेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको थापाको आरोप छ ।

रावलकै निर्देशनमा माग फारम बिना केशव रावललाई थप ५ लाखको चेक काटिएको थापाको आरोप छ । ‘पार्टीको खातामा ३८ लाख थियो । त्यसबाट ५ लाखको चेक केशव रावलको नाममा काटिएको छ । प्रयोजन नखुलाई चेक काट्नु पनि अवैधानिक हो,’ थापाले भन्नुभयो ‘सबै विरुद्ध हामी मुद्दा दायर गर्दै छौँ ।’ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव नेप बहादुर चौधरी पनि रकम रकमान्तर गरेको स्विकार्नुहुन्छ  । उहाँले रकम सुरक्षित रहेको बताउँनुभयो ।  ‘पार्टीको सम्पत्ति हिनामिना हुने देखेपछि, हामीले झिकेर राखेका हौँ, रकम सुरक्षित छ’ उहाँले भन्नुभयो । उहाँ उक्त रकम दुई पार्टीलाई भागबन्डा हुनुपर्ने बताउनुहुन्छ । पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि दुवैको हक रहेको उहाँको दाबी छ ।

एमाले अध्यक्ष थापाले भने उक्त रकम पार्टी एकताभन्दा पनि अघिदेखि एमालेले जोगाएर राखेको बताउनुहुन्छ । ‘हामीले जोगाएर राख्दै आएको रकम हो त्यो,’ अध्यक्ष थापाले भन्नुभयो, ‘पार्टी एक हुँदा नेकपाको नामबाट खाता खोलेर रकम राखेका थियौँ, त्यसमा माओवादी केन्द्रको कुनै हिस्सा छैन।’

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १ : ४५ बजे